नेपाल र नेदरल्यान्डको खेलअघि डिशहोम फाइबरनेटको अफर

मंगलबार, २२ जेठ २०८१, १७ : २०

काठमाडौँ - जारी आईसीसी पुरुष टि-२० विश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत आज मंगलबार राती ०९:१५ बजे नेदरल्यान्डसँग आफ्नो पहिलो खेल खेल्दै छ । 

यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ । डिशहोमले आज दिउसो ०३:१५ बजे ‘लेख्नेछौ नयाँ ईतिहास’ शीर्षकमा २४ महिनाको रिचार्ज गर्दा अर्को १२ महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो । यो अफर आज राती ११स्५९ बजे सम्मका लागि मात्र लागु रहेको डिशहोम फाइबरनेटले जनाएको छ ।

यो अफर लिनको लागि ग्राहकहरुले २०० एमबीपीयस र सो भन्दा माथिका प्याकेजहरु २४(महिनाको लागि रिचार्ज गरेको हुनु पर्ने छ ।  रिचार्ज गर्नको लागि आफु नजिकै रहेको डिशहोमको डिलर दाई कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस् गज्जबको अफरको फाईदा उठाउन सक्नु हुनेछ । साथै अनलाइन पेमेन्ट वालेटहरु मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । 

मंगलबार, २२ जेठ २०८१, १७ : २०

प्रतिक्रिया