काठमाडाैं- आज २०८१ जेठ २३ गते, जुन ५, २०२४ नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलर र जापानी येनको भाउ बढेको छ ।
आज अमेरिकी डलर १ को खरिद दर १३३।३६ रुपियाँ र बिक्री दर १३३।९६ रुपियाँ रहेकामा हिजो भने खरिद १३२.७४ रुपियाँ र बिक्री १३३.३४ रुपियाँ रहेको थियो । त्यसैगरी अघिल्लो कारोबार दिन जापानी येन १ को खरिद मूल्य ८.४७ रुपियाँ र बिक्री दर ८.५१ रुपियाँ तोकिएको थियो । आज भने खरिद ८.५९ रुपियाँ र बिक्री ८.६३ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया