कमजोर स्कोरकाबीचमा पनि नेपालले देखाएको विश्वकपमा बलिङ

बुधबार, २३ जेठ २०८१, ०७ : ४३

काठमाडाैं- विश्वकप टि २० अमेरिकामा चलिरहेको छ । मंगलबार राती भएको खेलमा नेपालले १० वर्षपछि  पहिलो खेल नेदरल्याण्डसँग खेलेको खेल्यो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सुरुवात राम्रो गर्न सकेन। विशेषगरी बलिङ पिच भएकाले ब्याटमा राम्रोसँग बल आइरहेको थिएन । 

पहिलो ब्याटिङ भएकाले नेपालले पिचलाई राम्रोसँग भिज्न सकेनन् र जसरी पनि स्कोटर बढाउनुपर्छ भन्ने मनोवैज्ञानिक दबाब नेपाली खेलाडीमा देखिन्थ्यो। त्यसैले पनि , कूशल भुर्तेल, आशिफ सेख जस्ता ओपनरहरु  सस्तैमा गुमाउन पुग्यौं ।   नेपालले झण्डै ७० बल डट  खेलेको छ भने ४० बलमा उक्त रन बनाएको छ । यसले पनि पिच निकै बलमैत्री थियो भन्ने कुरालाई पुष्टिगर्छ ।  सुरुवातमा दुई ओपनर गुमाएपछि पिचको अबस्था बुझेर नेपालले सुपर ओभरपछि सम्हालिएर खेल्न सक्नुपथ्र्यो तर त्यसमा हाम्रो कमजोरी भएको पक्कैहो । 

कमसेकम पूरै ओभर खेलेर करिब १२० रनसम्म मात्र बनाउन सक्या भए पनि प्रतिस्पर्धी टिमलाई च्यालेन्च गर्न सक्थ्योभन्ने कुरा अन्तिम  नजितालेपनि देखाउँछ ।  कमजोर स्कोरकाबीच पनि नेपालले विश्वकपको पहिलो खेलमा गजब बलिङ गरेर  आफुँलाइ हारेपनि सक्षम सावित गरेको छ । यो नेपालको एउटा प्लस पोइन्ट हो ।  बलरहरुले टिमलाई निकै दबाबमा राखेका थिए । निकै सम्हालिएर एक रन दुई रनका लागि दौडिरेहका थिए ।

तर, खेल हार्नुको मुख्य  कारक बन्यो  नेपाली टिमले गरेको फिल्डिङ । निकै कमजोर फिल्डिङ थियो । महत्वपूर्ण प्लेयरहरुको क्याच  छोड्न पुग्दा खेल हाम्रो हातमा आउन सकेन ।  रोहितले १२ ओभरमा छोडेको क्याचले  खेल नेपाल तर्फ ढल्किने संम्भवना बलियो तर, क्याच छोड्ने रनआउट  लगायत साना साना कुराले  रोचक हार्न पुग्यौं । साथै हामीले  अर्को  के सन्देश विश्वसामु छोडेयौ भने सानै स्कोर भए पनि नेपालले गजब खेल्यो भन्ने कुरालाई पुष्टि गरेका छौ ।बाँकीअर्को खेलमा 

बुधबार, २३ जेठ २०८१, ०७ : ४३

प्रतिक्रिया