ओमोडाले नेपाली टोलीको प्रत्येक रन र विकेटमा रुख रोप्ने

विहीबार, २४ जेठ २०८१, १३ : ३७

काठमाडौं - नेपालको अग्रणी विद्युतीय गाडी (ईभी) ब्राण्ड ओमोडाले आईसीसी टी–ट्वान्टी क्रिकेट विश्वकपमा सहभागी नेपाली टोलीले जोड्ने हरेक रन र ढाल्ने विकेटमा रुख रोप्ने भएको छ ।

दोस्रो पटकको ऐतिहासिक विश्वकप यात्रा तय गरेको नेपाली टोलीलाई हौसला प्रदान गर्ने मुख्य उद्देश्यका साथ कम्पनीले ‘नेपाल स्कोर, ओमोडा ग्रोज’ नाराका साथ यो वातावरणीय अभियान सार्वजनिक गरेको हो ।यो अभियान अन्तर्गत ओमोडाले हरेक रनमा एउटा रूख रोप्ने सङ्कल्प गरेको छ । त्यसैगरी हरेक ‘चौका’मा पाँचवटा रूख रोपिनेछ भने हरेक ‘छक्का’ र हरेक ‘विकेट’मा १० वटा रूख रोपिने छ ।

यसअन्तर्गतको वृक्षारोपणका लागि ब्रान्डसँगै नेपालभर रहेका ओमोडा खरिदकर्ता तथा चालकहरूले सहभागिता जनाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दिगो भविष्यप्रति ओमोडाको प्रतिवद्धता जाहेर गर्न यस्तो योजना ल्याइएको एसपीजी अटोमोबाइल्स प्रालिका निर्देशक गौरव शारडाले बताए ।‘यो अभियान दिगो भविष्यप्रति हाम्रो प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम हो । यो पहल ओमोडाले आधुनिक र वातावरणमैत्री प्रविधिको प्रयोगबाट पर्यावरणको संरक्षण गर्ने प्रमुख लक्ष्यमा आधारित रहेको छ ।

विद्युतीय गाडीको प्रयोगले वायु प्रदूषण न्यून गर्नाका साथै जलवायु परिवर्तनविरुद्ध लड्न पनि सहयोग गर्दछ । हाम्रो यस अभियानले हामीलाई यही लक्ष्यमा अघि बढाउँछ र नेपाली क्रिकेट टोलीको लागि अझ जोसिलो समर्थन र उत्साह थप्न मद्दत पुर्याउँछ ।’यो अभियानले सस्टेनेबल मोबिलिटी ९दिगो गतिशीलता०लाई प्रवर्द्धन गर्दै वातावरण संरक्षणमा तथा विश्वकप क्रिकेटको अवसरमा क्रिकेट प्रेमीहरूबीचको गौरवमय एकताको थालनी गर्दछ । 

विहीबार, २४ जेठ २०८१, १३ : ३७

प्रतिक्रिया