काठमाडाैं - नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ घटेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ ।
आज अमेरिकी डलर १ को खरिद दर १३३।१० रुपियाँ र बिक्री दर १३३.७० रुपियाँ तोकिएकामा अघिल्लो कारोबार दिन ९शुक्रबार० खरिद १३३.२६ रुपियाँ र बिक्री १३३.८६ रुपियाँ थियो ।
त्यसैगरी अघिल्लो कारोबार दिन युरो १ को खरिद दर १४४.८३ रुपियाँ र बिक्री दर १४५.४८ रुपियाँ तोकिएका आज भने खरिद १४४.९९ रुपियाँ र बिक्री १४५.६४ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, यसदिन पाउन्ड १ को खरिद दर १७०.३१ रुपियाँ र बिक्री दर १७१.०८ रुपियाँ तोकिएको छ । अघिल्लो कारोबार दिनमा भने यसको खरिद १७०.२१ रुपियाँ र बिक्री १७०.९८ रुपियाँ थियो ।
आइतबारको विनिमयदर:

प्रतिक्रिया