काठमाडाैं - नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलर र कतारी रियालको मूल्य स्थिर रहेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.१० रुपियाँ र बिक्री दर १३३.७० रुपियाँ तोकिएकामा हिजो पनि सोही दर कायम थियो । त्यसैगरी हिजो कतारी रियाल १ को खरिद दर ३६.५० रुपियाँ र बिक्री दर ३६.६७ रुपियाँ रहेकामा आज पनि सोही दर कायम राखिएको राष्ट्र बैंकले जनाएको छ ।
साथसाथै, यसदिन साउदी रियाल, युएई दिराम र मलेसियन रिंगिटको भाउ पनि हिजोको तुलनामा स्थिर रहेको छ । 
प्रतिक्रिया