काठमाडौँ - श्री केश हेयर ओयल नेपाल सरकारको नीति र नियममा रहेर सम्बन्धित निकायबाट उत्पादन काठमाडौँ अनुमति प्राप्त कम्पनी हो । यस उत्पादनले ट्रेडमार्क समेत प्राप्त गरिसकेको छ । यस तेलमा प्रयोग गरिएका कच्चा पदार्थ तेल र जडीबुटीहरु कपालको सुरक्षा, पोषण र उपचारमा सहयोगी, गुणस्तरीय र उपयोगी रहेको छ ।
जसको बारेमा विभिन्न अध्ययन अनुसन्धानले पुष्टि गरिसकेको छ । यस कम्पनीले जडीबुटी सङ्ङ्कलक, किसान, जडीबुटी बिक्रेता उधोगमा काम गर्ने कर्मचारी, बिक्रीवितरणमा काम गर्ने कर्मचारी गरी सयौं जनालाई प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरिरहेको छ । जडीबुटीको खेती, कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्दै देशको प्रमुख आयस्रोतको रूपमा रहेको जडीबुटीको क्षेत्रमा खोज, अध्ययन, अनुसन्धान एवं थप गुणस्तरीय वस्तुहरुको उत्पादन, स्वदेश एवं विदेशमा बिक्री वितरण गर्ने कम्पनीको भावी योजना रहेको छ ।
जसबाट बेरोजगारी घटाई गरिबी निवारण, पर्यावरण संरक्षण एवम् व्यापार घाटालाई कम गर्न समेत टेवा पुग्नेछ । जडीबुटीको क्षेत्रमा कार्य गर्ने सरकारी, गैरसरकारी निकाय, कृषक, सहकारी, निजी क्षेत्रहरुसंग सहकार्य गर्दै क्षमता अभिवृद्धि गरिनेछ । उच्च मूल्यका जडीबुटीको खेती, प्रशोधन, निर्यात, एवम् हिमाली क्षेत्रका बहुगुणी जडीबुटीहरुको अनुसन्धान जस्ता कार्यक्रम यस आर्थिक वर्षको बजेटमा समेत समावेश गरेको छ ।
नेपाल सरकारबाट जडीबुटी खेतीको लागि आवश्यक अमिन प्राप्त भएमा छिटै तराई, पहाड र हिमाली क्षेत्रमा जडीबुटी खेती गर्ने कार्यक्रम कम्पनीको योजनामा रहेको छ । यस कम्पनीले नेपाली युवाको लगानीमा नेपाली जडीबुटी प्रयोग गरी नेपाली बाटै उत्पादन गरी विश्वबजारमा नेपाली वाण्ड चिनाउने र नेपाली कृषकहरूलाई आत्मनिर्भर बनाई नेपालीलाई रोजगारीको अवसर सिर्जना गरी व्यापार घाटा कम गर्ने तथा नेपालको जडीबुटीलाई विश्वमा चिनई नेपालको नाम उच्च राखे कार्य विगत देखी गर्दै आएको छ ।
प्रतिक्रिया