वर्षा रोकियो,ओभर छोट्याएर खेल हुने संम्भावना,पिच निरीक्षण हुँदै

बुधबार, ३० जेठ २०८१, ०५ : ५०

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल हुने मैदानमा वर्षा रोकिएको छ ।अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा अहिले वर्षा रोकिएको हो।

सवा ५ बजेबाट खेल सुरु हुनुपर्नेमा वर्षाका कारण हालसम्म टससमेत हुन सकेको थिएन । अहिले वर्षा रोकिएसँगै मैदानमा निरिक्षणको तयारी छ । फेरि वर्षा नभएमा ओभर छोट्याएर खेल हुनेछ ।मौसम भविष्यवाणी अनुसार फेरि वर्षाको सम्भावना यथावत् छ । खेल हुनका लागि कट अफ टाइम नेपाली समयअनुसार बिहान ८ः२६ रहेको छ । 

बुधबार, ३० जेठ २०८१, ०५ : ५०

प्रतिक्रिया