कति पुग्यो आज अमेरिकि डलरको भाउ ?

बुधबार, ३० जेठ २०८१, ०६ : ४५

काठमाडाैं - नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलर र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ भने युरोपियन युरोको भाउ घटेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.४१ रुपियाँ र बिक्री दर १३४.०१ रुपियाँ रहेकामा हिजो भने खरिद १३३.३२ रुपियाँ र बिक्री १३३.९२ रुपियाँ थियो । doller30

त्यसैगरी, अघिल्लो कारोबार दिन पाउन्ड १ को खरिद दर १६९.४२ रुपियाँ र बिक्री दर १७०.१९ रुपियाँ तोकिएकामा आज भने खरिद १६९.९३ रुपियाँ र बिक्री १७०.७३ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । साथै, बुधबारका लागि युरो १ को खरिद दर १४३.१९ रुपियाँ र बिक्री दर १४३.८३ रुपियाँ तोकिएकामा मंगलबार सोही मुद्राको खरिद १४३.२७ रुपियाँ र बिक्री १४३.९१ रुपियाँ तोकिएको थियो । 

बुधबार, ३० जेठ २०८१, ०६ : ४५

प्रतिक्रिया