डिम्यााट खाता खोल्नेको संख्या ६२ लाख नाघ्यो सक्रिय लगानीकर्ता कति ?

बुधबार, ३० जेठ २०८१, ०८ : ४२

काठमाडाैं -हितग्राही (डिम्याट ) खाता खोल्नेको  संख्या ६२ लाख नाघेको छ ।  नेपाल क्लियरिङि लिमिटेडका अनुसार ६२ लाख ९२ हजार पुगेको छ । त्यस्तै, मेरो सेयरको खाता खाल्नेको संख्या ३५ लाख लाख ७६ हजार पुगेको छ ।  असारबाट डिम्याट खाताकाे लागि नबिकरण गर्ने समय भएकाेछ  । नेपाली पूँजी बजारमा नयाँ लगानीकर्ता थपिने क्रम दिनानुदिन बढ्दै गइरहेको छ । धेरै जसो लगानीकर्ताहरू आईपीओको माध्यमबाट सेयर बजारमा प्रवेश गर्दछन् । सरकार तथा कम्पनीहरुले आफूलाई आवश्यक पुँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार नै सेयर हो । आईपीओ, हकप्रद, ऋणपत्र, बन्ड, सामूहिक लगानी कोष आदि सेयरका उदारणहरु हुन् ।

सेयरलाई धितोपत्र पनि भन्न सकिन्छ । कुनै पनि कम्पनीको सेयर हुनु भनेको त्यो कम्पनीमा आफ्नो स्वामित्व हुनु हो । आईपीओ भर्न लगानीकर्ताहरूलाई आवश्यक पर्ने मुख्य कुरा नै डिम्याट खाता हो ।  अहिले आईपीओ राेकिएकाे छ ।  सार्वजनिक लेखा समितिले आईपीओमा प्रश्न उठाए पछि धिताेपत्र बाेर्डले निष्कासनकाे अनुमति दिएकाे छैन ।

बुधबार, ३० जेठ २०८१, ०८ : ४२

प्रतिक्रिया