आइपीएल: विराटको टिम विरूद्ध खेल्दै सन्दीप

५ बर्ष अगाडि

नयाँ दिल्ली– आइपीएलको आजको पहिलो खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलोर आमनेसामने हुँदैछन्। दिल्लीले टस जितेर व्याटिङ रोजेको छ।

दिल्लीको गृहमैदान फिरोज शाह कोट्ला मैदानमा हुने खेलमा दिल्लीले सन्दीपलाई उतार्ने भएको छ। यो सिजनमा ५ खेलमा ८ विकेट लिएका उनले गृहमैदानमा भएका अधिकांस खेलहरु खेल्दै आएका छन्।

दिल्ली आफुलाई प्लेअपमा सुरक्षित गर्ने लक्ष्यका साथ उत्रने छ भने बेङ्गलोर पनि जीत निकाल्दै प्लेअपको यात्रालाई कायमै राख्न चाहन्छ। दुबै टिमले समान ११ खेल खेलेका छन्। जसमा दिल्ली ७ जित र ४ हार सहित अंकतालिकाको तेस्रो स्थानमा छ। त्यस्तै सुरुवाती खेलहरुमा कमजोर प्रदर्शन गरेको बेङलोर ४ जित र ७ हार सहित अंकतालिकाको पुछारमा रहेको छ। खेल अपरान्ह ४ः१५ बजे सुरु हुने छ।

५ बर्ष अगाडि

प्रतिक्रिया