टी-२० विश्वकप- भोलि बिहान बंगलादेशसँग खेल्दै नेपाल

आइतबार, ०२ असार २०८१, १२ : १८

काठमाडौँ - नेपालले जारी आसीसी टी- २० विश्वकप अन्तर्गत अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्दै छ । सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५:१५ बजेदेखि हुँदै छ । 

नेपाल सुपर आठको दौड बाट भने बाहिरिएको छ । नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने दोस्रो खेल श्रीलंकासँग वर्षाले रद्द भएको थियो । त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपर आठको दौडबाट बाहिरिएको थियो । 
 

आइतबार, ०२ असार २०८१, १२ : १८

प्रतिक्रिया