समृद्धि फाइनान्स, गैर शाखाको पहिलो बार्षिकोत्सब सम्पन्न

मंगलबार, ०४ असार २०८१, १८ : ०४

काठमाडौँ - समृद्धि फाइनान्स कम्पनी लि. शाखा कार्यालय  गैर, सर्लाहीले आज आफनो पहिलो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शाखाले बर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

शाखाले स्थापनाकालदेखि हालसम्म १६००  ग्राहकलाई आवद्ध गर्दै ७ करोड ६६ लाख बचत संकलन र १ करोड ५० लाख लगानी गर्न सफल भएको जानकारी शाखाका शाखा प्रमुख रामहरी निरौलाले कार्यक्रमका बिच जानकारी दिए । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले कविलासि  नगरपालिकाका स्थानीय व्यापारीहरु, वचतकर्ताहरु,बुद्विजिवि, समाजसेवी, सुरक्षा निकायका प्रतिनिधि आदिको उपस्थितिमा सम्पन्न गरेको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले आ-आफ्नो विचार व्यक्त गर्दै  फाइनान्सको उक्तरोक्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए। 

शाखाले आगामी दिनहरूमा स्थानीय आवश्यकता अनुसारको कर्जालाई प्राथमिकता दिई गुणस्तरिय कर्जा लगानिमा घनिभुत ढंगले अगाडि बढ्ने र बैंकिङ सेवालाई थप शसक्त बनाउन स्थानीय जनचाहना बमोजिम  कार्यलाई प्राथमिकता दिई कार्य गर्ने शाखाको कार्ययोजना रहेको पाइयो । समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर।टि।जि।एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू।आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

मंगलबार, ०४ असार २०८१, १८ : ०४

प्रतिक्रिया