जर्मनले हंगेरीलाई २ गोलले पराजित

विहीबार, ०६ असार २०८१, ०८ : २९

काठमाडाैं- जर्मनीले हंगेरीलाई पराजित गरेको छ। युरोकप अन्तर्गत गएराति भएको खेलमा जर्मनीले हंगेरीलाई २-० गोलले पराजित गरेको हो।

जर्मनीको जितमा जमल मुसियाला र गुन्डोगानले गोल गरे। मुसियालाले २२ औं मिनेटमा जर्मीनीलाई अग्रता दिलाएका थिए। ६७ औं मिनेटमा गुन्डोगानले गरेको गोल निर्णायक बन्दा जर्मनी २(० गोलले विजयी भएको हो। समूह ए मा रहेको जर्मनीले दुई खेल खेलेकोमा दुवैमा जित निकाल्दै समूहको शीर्ष स्थानमा छ।

विहीबार, ०६ असार २०८१, ०८ : २९

प्रतिक्रिया