भारतमा निर्माणाधीन पुल भत्कियो

आइतबार, ०९ असार २०८१, १६ : ३१

काठमाडौँ - भारतको बिहार राज्यको मोतिहारीमा आइतबार निर्माणाधीन एउटा सानो पुल भत्किएको छ । 

यो बिहारमा एक हप्ताभित्र भत्किएको तेस्रो पुल हो । मोतिहारीको घोरासहन ब्लकमा भएको यो घटनामा कुनै हताहतको खबर भने आएको छैन । ग्रामीण निर्माण विभाग (आरडब्ल्यूडी) ले घोरासहन ब्लकको एक नहरमा १६ मिटर लामो पुल निर्माण गरिरहेको थियो । डेढ करोड भारु लागतमा बन्न लागेको यस पुलले अमवा गाउँलाई ब्लकका अन्य क्षेत्रसँग जोड्ने थियो ।एजेन्सी


 

आइतबार, ०९ असार २०८१, १६ : ३१

प्रतिक्रिया