धोनीको विकेट लिने सन्दीपको सपना पुरा होला ?

५ बर्ष अगाडि

काठमाडौँ – आज बुधबार इन्डियन प्रिमियर लिग आइपिएलमा शीर्ष स्थानका दुई क्लब दिल्ली क्यापिटल्स र चेन्नाई सुपरकिंग्सबीच खेल हुँदै छ । 

नेपाली समयअनुसार राती ८ः१५ बजे चेन्नाइको चिदम्बरम् रंगशालामा हुने खेलमा दिल्ली शीर्ष स्थानमा कायम रहने प्रयासमा हुने छ । तर आजको खेलबाट चेन्नाई दोस्रोबाट पहिलोस्थानमा उक्लिने प्रयासमा रहने छ । 

दुवै टिमले प्ले अफमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् भने,१२ खेलमा ८–८ जित हात पारेका दुवै टिमको समान १६ अंक छ । नेट रनरेटमा अगाडि रहेकाले दिल्ली शीर्ष स्थानमा छ भने चेन्नाई दोस्रो स्थानमा छ । 

सन्दीपको सपना पुरा होला ?

आइतबार रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध महंगो बलिङ गरेका कारण सन्दीप लामिछानेलाई आज दिल्लीले प्लेइङ ११ मा नसमेट्न सक्छ । उनको स्थानमा खेल्न सक्ने क्रिस मोरिस र किमो पल दुवैको बलिङ इकोनोमी धेरै छ, जसले सन्दीपको सम्भावना कायम राख्छ ।

कप्तान श्रेयस ऐयर र कोच रिकी पोन्टिङको रोजाइमा सन्दीप परेभने उनले भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनी वा अष्ट्रेलियाली भेट्रान सेन वाटसन् वा भारतीय अलराउण्डर सुरेश रैनाजस्ता खेलाडीविरुद्ध बलिङ गर्न पाउने छन् । 

यसअघि पन्जाबविरुद्धको खेलमा क्रिस गेलसहित ३ विकेट लिएका सन्दीपले धोनीको विकेट लिने इच्छा सार्वजनिक गरेका थिए । यदी सन्दीप आज दिल्लीको प्लेइङ ११ मा परे पनि आफ्नो सपना पुरा गर्न उनका लागि उपयुक्त मौका हुने छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया