हरेक दिन बढ्दै विदेशी विनियम दर, नेपालमा कस्तो पर्छ प्रभाव?

विहीबार, २० असार २०८१, ०६ : ४७

काठमाडाैं- नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ निरन्तर बढ्दा आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको पनि बढेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.३६ र बिक्री दर १३३.९६ रुपियाँ रहेको छ । बुधबार (हिजो) खरिद १३३.३२ रुपियाँ र बिक्री १३३.९२ रुपियाँ रहेको थियो ।  त्यसैगरी मंगलबार खरिद १३३.२१ रुपियाँ र बिक्री १३३.८१ रुपियाँ थियो भने सोमबार र आइतबार खरिद १३३.१२ र बिक्री १३३.७२ रुपियाँ थियो ।  

त्यसैगरी यसदिन युरो १ को खरिद मूल्य १४३.४७ रुपियाँ र बिक्री मूल्य १४४.११ रुपियाँ रहेकामा अघिल्लो दिन भने खरिद १४२.९० रुपियाँ र बिक्री १४३.५४ रुपियाँ तोकिएको थियो ।  त्यस्तै, यसदिन पाउन्ड १ को खरिद दर १६९.३३ रुपियाँ र बिक्री दर १७०.१० रुपियाँ रहेकामा अघिल्लो कारोबार दिनमा खरिद १६८.५८ रुपियाँ र बिक्री दर १६९.३४ रुपियाँ निर्धारण गरिएको थियो । साथै, आज कतारी रियाल, मलेसियन रिंगिट, कोरियन वनको विनिमय दर स्थिर रहेको छ । 

विहीबार, २० असार २०८१, ०६ : ४७

प्रतिक्रिया