काठमाडौँ - जारी युरोकपको क्वाटरफाइनलमा आज राति पोर्चुगल र फ्रान्सबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति १२:४५ बजेदेखि शुरु हुनेछ ।
पोर्चुगलले राउण्ड १६ को खेलमा स्लोभेनियालाई पेनाल्टी सुट आउटमा ३-० गोलले विजयी हुदै क्वाटरफाइनलमा पुगेको हो । त्यस्तै फ्रान्सले भने राउण्ड १६ मा बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । २०१६ को फाइनलमा खेलेका पोर्चुगल र फ्रान्सबीच यस युरोकपको क्वाटरफाइनलमा नै भेट भएपछि यो खेल रोमान्चक हुने भएको छ ।
पोर्चुगलले अहिलेसम्म एक पटक २०१६ मा युरोकपको उपाधि जितेको छ । त्यस्तै पोर्चुगल त्यसअघि २००४ मा फाइनलमा पुगेर पराजित भएको थियो । फ्रान्सले अहिलेसम्म १९८४ र २००० गरी दुई पटक युरोकपको उपाधि जितेको छ भने २०१६ मा उपविजेता बनेको थियो ।अहिलेसम्म पोर्चुगल र फ्रान्सबीच कुल २८ खेल भएका छन् । जसमा पोर्चुगलले ६ खेल जितेको छ भने फ्रान्सले १९ खेलमा जित हासिल गरेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।
प्रतिक्रिया