आइपीएल बिचैमा छाडेर जादै छन् यी १७  प्रभावशाली खेलाडी

५ बर्ष अगाडि

एजेन्सी –  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत जारी आइपिएलमा खेलिरहेका विदेशी खेलाडीहरुले आइपिएल बिचमा छोडेर जाने भएका छन् । 

खासगरी मे ३० बाट शुरु हुन थालेको विश्वकप क्रिकेटको तयारीका लागि आइपिएल खेलिरहेका करिब १७ खेलाडी आफ्नो देश फर्किन लागेका हुन् ।

इङल्याण्ड र अष्ट्रेलियाका विश्वकप खेल्ने टिममा परेका सबै खेलाडी स्वदेश फर्किने भएका छन् । त्यस्तै दक्षिण अफ्रिकाका खेलाडीहरु पनि स्वदेश फर्किने बताइएको छ । 

यस्तो मा चेन्नई सुपरकिंग्सबाट खेलिरहेका दक्षिण अफ्रिकाका खेलाडी फाफ डु प्लेसिस र इमरान ताहिर स्वदेश फर्किदै छन् । त्यस्तै दिल्ली क्यापिटल्सबाट खेलिरहेका दक्षिण अफ्रीकाका कागीसो रबाडा पनि स्वदेश फर्किदै छन् ।

मुम्बई इण्डियन्सबाट खेलिरहेका अस्ट्रेलियाका जेसन बेहरेनडार्फ र दक्षिण अफ्रिकाका क्विटन डी कक स्वदेश फरिकिदै छन् । त्यस्तै सनराइजर्स हैदरावादबाट खेलिरहेका अस्ट्रेलियाका डेभिड वार्नर र इङल्याण्डका जोनी बैरस्ट्रव, किंग्स इलेभेन पंजावबाट खेलिरहेका दक्षिण अफ्रीकाका खेलाडी डेभिड मिलर, कोलकोताबाट खेलिरहेका जो डेनली पनि स्वदेश फर्किदै छन् ।

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलिरहेका  दक्षिण अफ्रिकाका डेल स्टेन, इङल्याण्डका मोइन अली तथा अस्ट्रेलियाका मार्कस स्टोइनिस पनि स्वदेश फर्किदै छन् । 

त्यस्तै राजस्थान रोयल्सबाट खेलिरहेका इङल्याण्डका जस बटलर, बेन स्टक जोफ्रा आर्चर तथा अस्ट्रेलियाका स्टिभ स्मिथ पनि स्वदेश फर्किने छन् ।

प्रमुख खेलाडीहरुले आइपिएल बिचमा छोड्ने भएपछि खेलको लोकप्रियतामा समेत कमि आउने बताउन थालिएको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया