काठमाडाैं- नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी र हङकङ डलरको भाउ स्थिर रहेको छ भने सिंगापुर डलरको भाउ बढेको छ ।
यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.२८ रुपियाँ र बिक्री दर १३३.८८ रुपियाँ तोकिएको छ । हिजो पनि सोही दरमा अमेरिकी डलर साटिएको थियो ।
त्यस्तै, अघिल्लो काराबोर हङकङ डलर १ को खरिद १७.०६ रुपियाँ र बिक्री दर १७.१४ रहेकामा सोमबार पनि सोही दर यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ ।
साथै, आज सिंगापुर डलर १ को खरिद मूल्य ९८.८३ रुपियाँ र बिक्री मूल्य ९९.२७ रुपियाँ तोकिएको छ । हिजो भने खरिद ९८.७१ रुपियाँ र बिक्री ९९.१६ रहेको थियो । त्यसैगरी यसदिन अमेरिकी र हङकङ डलरसँगसँगै चिनियाँ युआन, साउदी रियाल, यूएई दिराम, मलेसियन रिंगिटको सटही दर हिजोको तुलनामा स्थिर रहेको छ ।
प्रतिक्रिया