त्रिविद्वारा विद्यार्थीको भविष्यमाथि चरम लापर्बाही

पढ्दै नपढेको विषयमा परीक्षा दिनुपर्ने बाध्यता

मंगलबार, २५ असार २०८१, १३ : ५०

काठमाडौँ – मुलुककै सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयमा विभिन्न समयमा चरम लापर्बाहीका घटनाहरु सार्वजनिक भएका छन् । कहिले उत्तर पुस्तिका हराउँछ । कहिले नपढेको पाठबाट प्रश्नपत्र सोधिन्छ । परीक्षाको क्यालेण्डरको त के कुरा गर्नु । भुक्तभोगीहरु त्रिविले विद्यार्थीहरुलाई अनेक बहानामा दुख दिएको बताउँछन् । 

हालै मात्र नेपाली विषयअन्तर्गत स्नातक तह तेस्रो वर्षको पाठ्यांश कोड नं ४२५ ( आधुनिक नेपाल आख्यान उत्तरवर्ति चरण ) पढाइ भएकोमा  कोड नं ४२७ ( साहित्य सिद्धान्त, नेपाली समालोचना र तथा शोध र प्राज्ञिक लेखन ) को परीक्षा दिनुपर्ने भएको छ । यसले विद्यार्थी र प्राध्यापकहरु नै आश्चर्यचकित भएका छन् । स्नातक तेस्रो वर्षमा अध्ययनरत छात्रा दुर्गा ढकाल त्रिविको यो व्यवस्थाले आफूलाई ठूलो अन्याय भएको बताउँछिन । उनी भन्छिन, एउटा विषय पढ्ने अर्को विषयमा कसरी जाँच दिनेहोला ?

शैक्षिक वर्ष २०७७\ ०७८ मा भनां भई तेस्रो वर्षमा पुगेका विद्यार्थीहरूले पुरानै कोड नं अनुसार पढेका छन् ।  यो निर्णय २०८० \०३\ १८ का दिन आएको थियो । निर्णय आएको दुई  दिन पछि २०८०\ ०३ \२० गतेबाट शैक्षिक वर्ष २०७७\०७८ मा भर्ना भई तेस्रो वर्षको परीक्षा फर्म खुलेको छ । परीक्षा फर्म खुले एक पहिना पछि जाँच हुने गर्छ । पढ्दै नपढेको विषयमा विद्यार्थीहरूले कसरी परीक्षा दिने भने कुरा शिक्षक विद्यार्थी अन्यौलमा झन् । यो निणय बारे विद्यार्थीहरुलाई नै जानकारी छैन् ।

त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्काय, बल्खुले गरेका यो निर्णयले शैक्षिक वर्ष २०७७\७८ मा भर्ना भई तेस्रो वर्षको परीक्षा दिने विद्यार्थीलाई नकारामक असर परेको छ । पाटन संयुक्त क्याम्पसको शिक्षिका शान्ति भट्ट फुलाराले सो निणय बारे थाहा पाइ पछि विद्यार्थीहरुलाई बताएकी हुन । क्याम्पसका शिक्षक विद्यार्थी के गर्ने भने के नगर्ने अन्ल्योलमा परेका छन् । बल्खुले  विद्यार्थीको जीवनमा नराम्रो सँग खेलधाड गरीरहेको छ । यो निर्णयमा पाटन संयुक्त क्याम्पसको नेपाली विभागले  पनि विद्यार्थीको सरोकारमा कुनै प्रतिक्रिया दिएको छैन । 

449662015_3783705661917727_7534989440964121435_n

मंगलबार, २५ असार २०८१, १३ : ५०

प्रतिक्रिया