एमालेको  सचिवालय बैठक स्थगित

मंगलबार, २५ असार २०८१, १४ : १०

काठमाडौँ - नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो । 

‘आजका लागि बोलाएको बैठक असार २६ गते बुधबार बिहान  ११।०० बस्ने गरी बैठक स्थगित भएको छ’, एमाले प्रचार विभाग सदस्य गगन विष्टले जानकारी दिए । एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।

मंगलबार, २५ असार २०८१, १४ : १०

प्रतिक्रिया