सुजलको नयाँ उत्पादन बजारमा

मंगलबार, २५ असार २०८१, १६ : १२

काठमाडौँ - नेपालको अग्रणी कम्पनी सुजल फुड्सले आफ्नो नयाँ उत्पादन  'Delite – Dairy Whitener'  पाउडर दुध बजारमा ल्याएको छ  । 

देशको विभिन्न ठाउँहरुबाट संकलित दुधलाई नविनतम तथा उच्च प्रविधि तथा मेसिनरीको सहायताबाट गुणस्तर मापन गरी 'Delite – Dairy Whitener' तयार पारिएकाले यो शत प्रतिशत अन्तरार्ष्ट्रियस्तरको स्वदेशी उत्पादन भएको सुजलले उल्लेख गरेको छ । अन्य पाउडर दुधको तुलनामा यो बाक्लो रहेको छ भने यसको अत्याधुनिक ‘अल्ट्रा ड्राईङ स्प्रे प्रविधि’ले समान मिश्रण कायम गरी मन तातो पानीमा तुरुन्तै घुल्ने गरी तयार पारिएको कम्पनीको भनाइ छ । 

आधुनिक मेटालिक प्याकेजिङ्का कारण यो पाउडर दूध १२ महिनासम्म ढुक्क भई प्रयोग गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । Delite Dairy Whitener बाक्लो क्रिमि र स्वादिष्ट छ भने गाई र भैँसीको दूधको प्राकृतिक तत्व र पोषिलो स्वादले भरिपूर्ण यो पाउडर दूध चिया, कफीका साथै अन्य दूधका परिकारहरूलाई अझै स्वादिष्ट बनाउन प्रयोग गर्न मिल्ने कम्पनीको भनाइ छ । 

Delite Dairy Whitener नेपालभरी भाटभटेनी, सेल्स बेरी, बिग मार्टजस्ता प्रमुख स्टोरहरू, विभिन्न किराना पसलहरु र अनलाइन शपिङ्ग साइटहरूमा उपलब्ध रहेको जनाइएको छ । Delite Dairy Whitener  SKU ४०० ग्रामका लागि रु। ४७०   र  ८०० ग्रामको लागि रु. ९०० कायम गरिएको छ ।

मंगलबार, २५ असार २०८१, १६ : १२

प्रतिक्रिया