मौद्रिक नितिले बजार चलायमान बनाउन सकेन : चन्द्र ढकाल

मंगलबार, २५ असार २०८१, १६ : ४१

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र ढकालले बजार चलायमान बनाउन नीति आउन नसकेको बताएका छन् ।

उनले बजार चलायमान बनाउने नीति अझै आउन नसकेको हुँदा ब्यबसायी र आम जनतामा निराशा छाएको हुँदा मौद्रिक नीति मार्फत सच्याउनु पर्ने बताए। चालू आर्थिक बर्षको मौद्रिक नितिले बजार चलायमान बनाउन नसकेको हुँदा आगामी नितिले त्यसलाइ सुधार गरेर जानू पर्ने ढकालको भनाइ छ ।

उनले भने,'आर्थिक रुपमा केही सुधार भए पनि देखिएको निराशालाई चिर्नेगरी संन्जिबनी बुटिको रुपमा ल्याउनु पर्छ।' अहिले बैंकमा कर्जा थुप्रीएको अबस्था  कर्जा लगानिको माग बढन नसक्नुमामा कसको कमजोरी हो त्यसको पहिचान गरि अगामी नीति तय गर्नुपर्ने उनको भनाइ थियो । 
 

मंगलबार, २५ असार २०८१, १६ : ४१

प्रतिक्रिया