काठमाडौं - काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१\८२ को नीति तथा कार्यक्रम पारित भएको छ । आज बसेको नगरसभा बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।
यसअगाडि नगरप्रमुख शाहले एकलौटी बजेट ल्याएको भन्दै वडा अध्यक्षहरूले असन्तुष्टि जनाएका थिए । त्यसपछि प्रस्तुत भएको नीति तथा कार्यक्रममा वडा अधयक्षहरुले फरक २८ बुँदे संशोधन प्रस्ताव दर्ता गराएका थिए । त्यसमा सर्वसम्मत १६१ जना नै नगर सभाका सदस्यले सहमति जनाएका थिए । आज नगर सभाबाट नीति तथा कार्यक्रम संशोधनसहित पास भएको घोषणा मेयर शाहले गरेका छन् ।
प्रतिक्रिया