नौबिसे-मलेखु सडकखण्ड १५ दिन बन्द

मंगलबार, २५ असार २०८१, १८ : १०

काठमाडौं - नौबिसे-मलेखु सडकखण्ड १५ दिन बन्द रहने भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डांगडुंग खोला, खेस्टे खोला र पोखरे खोला पुलहरुको गर्डर लन्चिङ कार्य भएको सडक बन्द गर्न लागिएको हो ।

सडक भोलीदेखि साउन ९ गतेसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्मका लागि बन्द रहने योजना प्रमुखले जानकारी दिए । सो समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक सम्पूर्ण सवारी साधनहरु सञ्चालनमा रोक लगाइनेछ । साथै, वैकल्पिक मार्गको रुपमा गल्छी विदुर छहरे टोखा सडक प्रयोग गर्न सकिने बताइएको छ ।


 

मंगलबार, २५ असार २०८१, १८ : १०

प्रतिक्रिया