धितोपत्र बोर्डलाई सार्वजनिक लेखा समितिले सोध्यो स्पष्टिकरणा अब के हुन्छ ?

मंगलबार, २५ असार २०८१, २० : ०९

काठमाडाैं- नेपाल  धितोपत्र बोर्डलाई सार्वजनिक लेखा समितिले स्पष्टिकरण सोधेको छ । बुक बिल्डिङ प्रक्रियामार्फत उक्त कम्पनीको आईपीओ  निष्कासनको अनुमति दिएको विषयमा समितिले ध्यानाकर्षण  गराएको हो ।

समितिले विभिन्न ५ प्रश्नको जवाफ माग गर्दै बोर्डलाई सोमबार पत्र काटेको हो । उक्त प्रश्नको जवाफ ७ दिनभित्र उपलब्ध गराउन बोर्डलाई समितिले निर्देशन दिएको छ ।  कम्पनीले बुक बिल्डिङ प्रकृयामार्फत संस्थागत लगानीकर्तालाई आईपीओ विक्री गरिसकेको छ । सर्वसाधारण जनताकालागि उक्त कम्पनीको आईपीओ जारी हुने चरणमा रहेको छ ।

यस्ता छन् समितिले जवाफ माग गरेका प्रश्नहरु

१. उक्त कम्पनीको आधार मूल्य के आधारमा तय गरिएको हो रु बुक विल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो रु
२. रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङमा आईपीओ ल्याउँदा अर्थात गत आर्थिक वर्षमा आफ्नो वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरेको थियो तर अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ०८ पैसामा सिमित भएको छ । अर्थात यसअघि वित्तीय विवरण तयार गर्दा भएको अनुमान गर्न किन नसकिने ?

३.सर्वसाधारण र संस्थागत लगानीकर्तालाई कम्पनीको तर्फबाट जारी गरिएको आहान पत्रमा वित्तीय विवरणको प्रक्षेपण आर्थिक वर्ष २०७९।८० मा प्रतिसेयर आम्दानी ५४.४ रुपैयाँ आर्थिक वर्ष २०८० /८१ मा ३२.९० रुपैयाँ, २०८१\0८२ मा ३२.८९ र २०८२\0८३ मा ५३.९३ रुपैयाँ रहेकोमा कम्पनीबाट प्रकाशित आर्थिक वर्ष २०८० । ८१ को चैत्रसम्मको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी रुपैयाँ २.०८ मात्र देखाएको हुँदा प्रक्षेपित विवरण र वास्तविकतामा सामन्जस्यता नदेखिएको हुँदा सो सम्बन्धमा के भएको हो सोको स्पष्ट जानकारी उपलब्ध गराउनु 

४. उक्त कम्पनीमा बुकविल्डिङका लागि विड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकहरुसँग स्वार्थ बाझिएको छ कि छैन रु बुक विल्डिङमा कुन संस्थागत लगानीकर्ताले कति मूल्यमा कति कित्ता सेयरका लागि आवेदन दिएका थिए सोको समेत विस्तृत विवरण उपलब्ध गराइदिनुहुन ।

५. कम्पनीले तीनवटा आर्थिक वर्षमा फरक फरक प्रतिसेयर आम्दानी हरेक आ।व। मा घट्दै गएको । सार्वजनिक गरेको देखिएकोले सर्वसाधारण लगानीकर्ताको लगानी सुरक्षा सम्बन्धमा नेपाल धितोपत्र वोर्डको धारणा के हो ?

मंगलबार, २५ असार २०८१, २० : ०९

प्रतिक्रिया