काठमाडाैं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१\ ०८२को मौद्रिक नीति ल्याउनको लागि अन्तिम चरणमा रहेको बताएका छन् । महासंघले आगामी आर्थिक वर्ष २०८१र ०८२ को मौद्रिक नीतिका पूर्वसन्ध्यामा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले छिटोभन्दा छिटो तवरले मौद्रिक नीति ल्याउन पछिल्लो चरणमा सल्लाहकारहरुसँग छलफल गरिरहेको बताए । उनले अहिलेको निराशालाई चिर्नेगरी नीति ल्याउनेगरीअघि बढेको छौ ।
सरकारका आर्थिक गतिविधि कमजोर रहेको चर्चा गर्दै उनले निर्माण छेत्रमा अलिकति प्रेसर रहेकाले मौद्रिक नीतिमा सम्बोधन गर्न सकिन्छ कि भनेर अध्ययन भइरहेको पनि बताए । पर्यटकहरुको सहजताका लागि क्युआर कोडमार्फत भुक्तानी गर्न सकिने र नेपालीले पनि भारत लगायत देशमा पनि भुक्तानी गर्न सकिने व्यवस्था गरिएको उल्लेख गर्दैै उनले आगामी दिनमा अझै डिजिटललाइज गर्न खोजिरहेको बताए ।
प्रतिक्रिया