मौसम विश्लेषण :चार प्रदेशमा अति वर्षाको सम्भावना, कुन प्रदेशमा कस्तो ?

बुधबार, २६ असार २०८१, ०५ : ४९

काठमाडाैं- देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै र कर्णाली प्रदेशको एक- दुइ स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  जल तथा मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ । कोशी, मधेश,बाग्मति र गण्डकी  एक- दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। 

कोशी, मधेश, बागमती, गण्डकी,लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना  रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको जनाएको छ ।

बुधबार, २६ असार २०८१, ०५ : ४९

प्रतिक्रिया