आज अस्ट्रेलियन डलरको भाउ  घट्दा अन्य देशको  विदेशी विनिमयदर कति पुग्यो ?

बुधबार, २६ असार २०८१, ०६ : ४६

काठमाडाैं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार आज अस्ट्रेलियन डलरको भाउ घटेको छ भने क्यानेडियन डलरको भाउ स्थिर रहेको छ । 

यसदिन अस्ट्रेलियन डलर १ को खरिद दर ८९.७६ रुपियाँ र बिक्री दर ९०.१७ रुपियाँ रहेको छ । हिजो भने सो मुद्राको खरिद ८९.८६ रुपियाँ र बिक्री ९०.२६ रुपियाँ थियो ।  त्यस्तै, अघिल्लो कारोबार दिनमा क्यानेडियन डलर १ को खरिद मूल्य ९७.७१ र बिक्री मूल्य ९८.(१५ रुपियाँ रहेकामा राष्ट्र बैंकले आज पनि सोही दरलाई कायम राखेको छ । 

यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.२८ रुपियाँ र बिक्री दर १३३।८८ रुपियाँ रहेको छ, जुन अघिल्लो दिन खरिद १३३.३० रुपियाँ र बिक्री दर १३३.९० रुपियाँ तोकिएको थियो । 

बुधबार, २६ असार २०८१, ०६ : ४६

प्रतिक्रिया