काठमाडौं- शुक्रबार संसदमा फेस गर्न लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने वा नदिने भएको छ । आज बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गर्न लागेको हो ।
स्रोतका अनुसार संसदीय दलमा सबैजसो सांसदहरु विश्वासको मत नदिने पक्षमा रहेका छन् । पछिल्लो समय कांग्रेससँग नजिएको राप्रपाले अहिले कांग्रेस–एमालेको नयाँ गठवन्धनमा सामेल हुने नहुने निर्णय लिइसकेको छैन ।
तर, भोलि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिनेमा भने कुनै विवाद नरहेको स्रोत बताउँछ । यद्यपि, आजको वैठकले यस विषयमा निर्णय लिने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिन सक्छ ।
प्रतिक्रिया