सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

आइतबार, ३० असार २०८१, ११ : ५७

काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको चार हजार ४४०.८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले प्रतिकित्ता न्यूनतम १०३ रुपैयाँमै उक्त संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरीद गर्न इच्छुक सर्वसाधारण वा संस्थाले ३५ दिनभित्र आवश्यक पर्ने कागजात सहित नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

बैंकले यसअघि सोही सेयर संस्थापक सेयरधनीले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको थियो । तोकिएको म्यादभित्र संस्थापकबाट सेयर खरीदका लागि आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो । 

 
 

आइतबार, ३० असार २०८१, ११ : ५७

प्रतिक्रिया