स्पेन बन्याे चौथो पटक युरोकप विजेता

सोमबार, ३१ असार २०८१, ०७ : ०३

काठमाडाैं- स्पेनले कीर्तिमानी चौथो पटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चौथो पटक युरो जित्ने कीर्तिमान बनाएको हो ।

स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काए । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन गोल भएको थियो ।

खेलको ४७औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए । तर ७३औं मिनेटमा कोल पाल्मरले इंग्ल्याण्डका लागि बराबरी गोल फर्काए । निर्धारित समयमा खेल बराबरीतर्फ अघि बढिरहेको थियो बेला ८६औं मिनेटमा ओयाबाजलले गोल गर्दै स्पेनलाई २(१ को अग्रता दिलाए । त्यही अग्रता कायम राख्दै स्पेनले खेल जित्यो र चौथो पटक युरो च्याम्पियन बन्यो ।

सोमबार, ३१ असार २०८१, ०७ : ०३

प्रतिक्रिया