काठमाडौं - एसीसी महिला एसिया कपको तयारीका लागि श्रीलंकामा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेलमा श्रीलंका क्रिकेट बोर्डको महिला विकास टोलीलाई ११३ रनको लक्ष्य दिएको छ।
पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ११२ रन बनाएको हो । नेपालका लागि रुबिना क्षेत्रीले २६ बलमा ३७ तथा बिन्दु रावलले ३१ बलमा २० रन बनाईन्। १९ जुलाईमा युएईविरुद्ध खेल्दै नेपालले एसिया कप सुरुआत गर्नेछ ।
प्रतिक्रिया