काठमाडौँ - एसियन थाइ फुड्सले टु पिएम चाउचाउका थप दुई भेरियन्ट सार्वजनिक गरेको छ।
कम्पनीले टु पिएम चाउचाउका ब्राण्ड एम्बेस्डर समेत रहेका मास्टरशेफ सन्तोष शाहको रेसिपी अनुसार तयार पारिएको टु पिएम चाउचाउको दुई नयाँ भेरियन्ट भेज मसला करी र चिकन मसला करी बजारमा ल्याएको हो। 'सही छु भन्ने नारासहित बजारमा ल्याइएको यस चाउचाउको स्वाद, गुणस्तर र प्याकेजिङजस्ता सबै पक्षहरूमा उत्कृष्ट रहेको कम्पनीले बताएको छ।टु पिएम चाउचाउको यी दुई नयाँ भेरिएन्ट विकास गर्नलाई धेरै समय लागेको मास्टरसेफ सन्तोष शाह बताउँछन्। उनले यो रेसिपी निकै स्वादिष्ट भएकाले उपभोक्ताले रूचाउने विश्वास लिएको बताए । नेपाललाई प्रोमोसन गर्न यस कम्पनीले योगदान गरेको उनको भनाइ छ।
केही समय अघिदेखि उत्पादन रोकिएको टु पिएम चाउचाउको पुनः उत्पादन तथा बिक्री वितरण सुरू गरेको हो। २०५६ मा स्थापित एसियन थाई फुड्सले २०५७ मा पहिलो चाउचाउ बजारमा ल्याएको थियो। विगतका २५ वर्षमा कम्पनीले रमपम, प्रिती र टु पिएम जस्ता चाउचाउ बजारमा उपलब्ध रहेको छ। यसले टु पिएम र रमपम ब्राण्डअन्तर्गत विभिन्न स्न्याक्सहररू बजारमा ल्याएको छ। अकबरे चिकेन चाउचाउ ५० रूपैयाँमै किन्न सकिने कम्पनीले जनाएको छ। यससँगै अकबरे भेज, कोरियन रामेन, किमची भेज, किमची चिकेन, नापोलिटाना, सि फुड, चिज मशरुम जस्ता उत्पादनहरू पनि बजारमा रहेको कम्पनीले जनाएको छ।
कम्पनीले स्न्याक्सतर्फ भने प्रिमियम चिज बल्स, अकबरे स्टिक्स, फायर बल्स, स्रिम्प क्र्याकर, अनियन रिंग, पञ्जाबी तड्का, फायर क्र्याकर, लेमन मिन्ट स्टिक्स, मसला स्टिक्स, पास्ता जस्ता उत्कृष्ट उत्पादनहरू रहेको जानकारी दिएको छ। एसियन थाई फुड नेपालमा प्रिमियम श्रेणीका चाउचाउ उत्पादन गर्ने पहिलो कम्पनी रहेको कम्पनीको दाबी छ। कम्पनीले स्थानीय रूपमा उब्जाइएको अकबरे खुर्सानी प्रयोग गरेर टु पिएम अकबरे चाउचाउ उत्पादन गर्दै आएको छ। चाउचाउ रुचाइएकाले खुर्सानीको समेत आपूर्ति बढिरहेको भन्दै कम्पनीले यसले स्थानीयलाई आर्थिक रूपमा समेत लाभ मिलेको जनाएको छ।
'हामी मास्टरशेफ सन्तोष शाहद्वारा तयारी र सिफारिस गरिएका नयाँ टु पिएम चिकेन मसला र भेज मसला करी नुडल्स बजारमा ल्याउन पाउँदा निकै उत्साहित छौं,' कम्पनीका प्रबन्ध निर्देशक महेश जाजुले भने। मास्टरशेफ शाहले आफ्नो वर्षौंको अनुभवलाई प्रयोग गरेर यो प्रामाणिक र स्वादिष्ट टु पिएम चाउचाउ बनाएको जाजुले बताए। भारत, मध्य पूर्व, टर्की, अफ्रिका जस्ता मुलुकमा आयोजित विश्वका विभिन्न मुलुकमा चाउचाउहरू निर्यात गरी विश्वव्यापी उपभोक्ताहरूसम्म पुर्याइएको जाजुले बताए।
उनका अनुसार टु पिएम चाउचाउलाई अष्ट्रेलिया, बहराइन, बेल्जियम, भुटान, क्यानडा, चीन, डेनमार्क, फिनल्याण्ड, जर्मनी, हङकङ, भारत, इजरायल, इटली, जापान, कोरिया, कुवेत, मलेशिया, माल्टा, न्युजील्याण्ड, ओमान, प्यालेस्टाइन, कतार, साउदी अरब, युएई, युके, अमेरिका, यमन जस्ता देशहरूमा उपलब्ध गराउँदै आएको छ। कम्पनीले केही समयमै ’क्यानमा स्न्याक्स’ र ’कप नुडल्स’ जस्ता अझै प्रिमियम उत्पादनहरू बजारमा ल्याउने जाजुको भनाइ छ।


प्रतिक्रिया