यस्तो छ आजको विदेशी विनिमयदर

शुक्रबार, ०४ साउन २०८१, ०६ : ४१

काठमाडाैं- नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।  आज युरोपियन युरो १ को खरिद दर १४५ ९८ रुपियाँ र बिक्री दर १४६.६४ रुपियाँ तोकिएको छ  । हिजो भने खरिद १४६ र बिक्री १४६.६५ रुपियाँ थियो ।

त्यसैगरी बिहीबार बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद मूल्य  १७४.०१ रुपियाँ र बिक्री मूल्य१७४.७९ रुपियाँ रहेकामा आज भने खरिद १७३.३७ रुपियाँ र बिक्री १७४.१५ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी यसदिन अस्ट्रेलियन डलर १ को खरिद दर ८९.८९ रुपियाँ र बिक्री दर ९०.३० रुपियाँ छ, जुन अघिल्लो कारोबार दिन खरिद ९०.०१ रुपियाँ र बिक्री ९०.४१ रुपियाँ थियो ।साथै, शुक्रबार थाई भाट, मलेसियन रिंगिट डेनिस क्रोनरको खरिदबिक्री मूल्य बिहीबारको तुलनामा स्थिर छ । 

शुक्रबार, ०४ साउन २०८१, ०६ : ४१

प्रतिक्रिया