राजस्थानसँगको खेलमा पनि सन्दीप बेन्चमै सिमित

५ बर्ष अगाडि

काठमाडौँ – नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले लिग चरणको अन्तिम खेल राजस्थान रोयल्ससँगको खेलमा टोलीमा मौका दिएको छैन ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा दिल्लीले टस हारेर पहिला बलिङको निम्तो पाएको छ । राजस्थानले केहि समयमा ब्याटिङ गर्ने छ ।

कप्तान श्रेयस ऐरका अनुसार सन्दीपले आज टोलीमा मौका पाएका छैनन् । दिल्लीले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ जगदीश सुचित र क्रिस मोरिसको स्थानमा किमो पल र इशान्त शर्मालाई मौका दिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया