फुडमाण्डुको स्टुडेन्ट अप्रेन्टिस प्रोग्रामको तेस्रो ब्याच शुरु हुँदै

शुक्रबार, ०४ साउन २०८१, १५ : ५४

काठमाडौं - नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुको स्टुडेन्ट अप्रेन्टिस प्रोग्रामको तेस्रो ब्याच शुरु हुन गइरहेको छ ।

यो कार्यक्रम विद्यार्थीहरूको मार्केटिङ तथा आन्ट्रप्रेनर्शिपको ज्ञान र व्यावहारिकता बीचको दुरीलाई कम गर्न डिजाइन गरिएको हो । फुडमान्डुले यो भन्दा अगाडि सफलतापूर्वक २ ओटा स्टुडेन्ट अप्रेन्टिस प्रोग्राम सञ्चालन गरिसकेको छ भने तेस्रो संस्करण अगस्टको महिनाभरि सञ्चालन गर्ने योजना रहेको  कम्पनीले जनाएको छ ।

एक महिनासम्म चल्ने यस स्टुडेन्ट अप्रेन्टिस प्रोग्राममा सहभागी विद्यार्थीहरू हप्ताको तीन दिन फुडमान्डुको कार्यालयमा उपस्थित हुने गरेका छन् । उक्त समयमा विद्यार्थीहरूले रचनात्मक सोच बढाउने, योजना बनाउने, बजेटिङ, लजिस्टिक र ग्राहक अन्तरक्रिया सम्बन्धी व्यावहारिक अनुभव हासिल गर्दै आइरहेका छन् । यस कार्यक्रमको अघिल्लो संस्करणमा फुडमान्डु टिमको सुपरिवेक्षण र निर्देशनमा विद्यार्थीहरूले मार्केटिङको व्यावहारिक ज्ञान प्राप्त गरेका थिए । 

उनीहरूले विभिन्न अन्तरक्रियात्मक प्रोजेक्टमा योजना र रणनीति बनाएर फुडमाण्डुको ब्रान्ड सचेतना र उपस्थिति वृद्धि गरेका थिए ।  फुडमाण्डुले आगामी ब्याचको लागि विद्यार्थीहरूको मार्केटिङ र आन्ट्रप्रेनर्शिप सम्बन्धी विस्तृत बुझाइ विकास गर्ने योजना बनाएको छ । कम्पनीले ती बुझाइलाई  व्यवहारमा कार्यान्वयन गर्न र नयाँ अडियन्स पत्ता लगाउने कुरामा केन्द्रित रहने बताएको छ ।    
 

शुक्रबार, ०४ साउन २०८१, १५ : ५४

प्रतिक्रिया