काठमाडौं- युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालमा स्काउटको जग्गाको विवाद सकभर छिटो सुल्झाउन आफूले पहल गर्ने बताउनु भएको छ । आइतबार सिंहरदरबारस्थि मन्त्रालयमा स्काउटसँगको ब्रिफिङपछि मन्त्री चौधरीले स्काउटको जग्गा विवादको कुरा सुल्झाउन आफूले सक्दो पहल गर्ने बताउनुभयो ।
मन्त्री चौधरीले भन्नुभयो, 'हामीसँग जग्गा छ । लैनचौरको जग्गा विवाद हामी सकभर छिटो समाधान गर्ने छौं । त्यसमा हामी पर्यटकीय प्रयोग हुने गरि तालिम केन्द्र बनाउन सक्छौं ।' उहाले स्काउटलाई खेलकुद पर्यटनको माध्यम बनाउने गरी पहल समेत प्रतिवद्धता जनाउनुभयो । स्काउटको लालपुर्जा सहितको जग्गा १२ जिल्लामा रहेको भए पनि सही उपयोग नभएको भन्दै मन्त्री चौधरीले यसको सही तथ्याङ्क निकाल्नसमेत निर्देशन दिनुभयो ।
‘हामीसँग १२ जिल्लामा लालपुर्जासहितको जग्गा छ । जसमा कहाँ के भइरहेको छ । यसको तथ्याङ्क हुनुपर्छ । सक्दो छिटो साउन महिनाभरीमा हामीले स्काउटको जग्गा कहाँ कसरी प्रयोग भइरहेको छ । त्यो थाहा पाउन सके त्यसको व्यवस्थापनमा हामी जानेछौं ।' उहाँले भन्नुभयो । उहाँले स्काउटको जग्गा सदुपयोगका लागि प्रदेश तथा स्थानीय निकायसँग पहल गरी तालिम केन्द्र तथा स्काउट अफिसको स्थापनाका लागि पहल गर्ने समेत बताउनुभयो ।
स्काउटको विस्तार र विद्यालयस्तरीय पहुँचको दायरा समेत फराकिलो बनाउनु पर्नेमा उहाको जोड थियो । महासंघको अध्ययन अवलोकन गरिएको थियो । टोलीले नानजिङ शहरमै अवस्थित मेइयुआन न्यू भिलेज मेमोरियल हलको भ्रमण, देङ यिङचाओको जन्मको १२०औँ वार्षिकोत्सव, मेइयुआन नयाँ गाउँ मेमोरियल हलमा महिला महासंघको विशेष प्रदर्शनी समेत अध्ययन अवलोकन गरेको थियो ।
टोलीले नान्जिङ महिला र बालबालिकाको स्वास्थ्य सेवा अस्पतालको विशेष भ्रमण गरेर त्यहाँको महिला तथा बालबालिकाको स्वास्थ्य अवस्था, अस्पतालबाट दिइने स्वास्थ्य सेवा, अस्पतालको नेतृत्व तहमा महिलाको भूमिका लगायतको विषयमा अध्ययन गरेको थियो ।
प्रतिक्रिया