आजको विदेशी विनियमदर, अमेरिकी स्थिर कुन देशको कति ?

सोमबार, ०७ साउन २०८१, ०९ : २७

काठमाडाैं- आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज साउन ७ गते सोमबार १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ १७ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ५७ पैसा कायम भएको छ । आइतबार पनि अमेरिकी डलर यहि भाउमा किनबेच भएको थियो । यो हालसम्मकै उच्च बिन्दु हो ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ९६ पैसा रहेको छ भने खरिददर १४५ रुपैयाँ ३१ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा खरिद दर १७२ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८९ रुपैयाँ २६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६७ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ २५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६९पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

सोमबार, ०७ साउन २०८१, ०९ : २७

प्रतिक्रिया