काठमाडाैं- नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ भने अस्ट्रेलियन डलर घटेको छ ।
आज युरो १ को खरिद दर १४५.३९ रुपियाँ र बिक्री दर १४६.०५ रुपियाँ छ । हिजो भने खरिद १४५.३१ रुपियाँ र बिक्री १४५.९६ रुपियाँ थियो ।
त्यसैगरी अघिल्लो कारोबार दिन पाउन्ड १ को खरिद दर १७२.५९ रुपियाँ र बिक्री दर १७३.३६ रुपियाँ रहेकामा आजका लागि भने खरिद १७२.७३ रुपियाँ र बिक्री १७३.५१ रुपियाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, आज अस्ट्रेलियन डलर १ खरिद ८८.९६ रुपियाँ र बिक्री ८९.३६ रुपियाँमा साट्न पाइन्छ । सोमबार भने खरिद ८९.२६ रुपियाँ र बिक्री ८९.६७ रुपियाँ थियो ।
प्रतिक्रिया