डिजिटल मनी ट्रान्सफर एप फोनमनीले  ल्यायो एक करोड कोरियन वोन जित्ने योजना

मंगलबार, ०८ साउन २०८१, १२ : २६

काठमाडौँ - दक्षिण कोरियामा रहेका नेपालीहरुका लागि डिजाइन गरिएको डिजिटल मनी ट्रान्सफर एप Fonemoney ले आफ्नो नयाँ योजना "फोनमनी साथमा, १ करोड हातमा" सुरु गरेको छ। 

यो योजना २१ जुलाई २०२४ बाट सुरु भएर १ जनवरी २०२५ सम्म चल्ने कम्पनीले जनाएको छ ।  कोरियामा कार्यरत र बसोबास गर्ने नेपालीहरूले Fonemoney एप मार्फत नेपालमा पैसा पठाएर यस योजनामा सहभागी हुन सक्नेछन् । यो योजना अवधिमा सहभागीहरूले हरेक हप्ता आफ्नो पठाएको रकम दोब्बर गर्ने मौका पाउनेछन्। साथै, योजनाको अन्त्यमा, एक भाग्यशाली विजेताले १ करोड कोरियन वन (Won) (करिब १० लाख नेपाली रुपैयाँ) को बम्पर पुरस्कार जित्न सक्ने कम्पनीको भनाइ छ । 

Fonemoney का मार्केटिङ म्यानेजर राजन अधिकारीले भने, “हामी कोरियामा रहेका नेपाली समुदायलाई भरपर्दो, किफायती र पुरस्कारदायी तरिकाले पैसा पठाउन सहयोग गर्न प्रतिबद्ध छौं। Fonemoney साथमा, १ करोड हातमा’ हाम्रो प्रयोगकर्ताहरूलाई धन्यवाद दिन र उनीहरूको वित्तीय लेनदेनलाई अझै पुरस्कारदायी बनाउनको लागि हाम्रो प्रयास हो।” 

मंगलबार, ०८ साउन २०८१, १२ : २६

प्रतिक्रिया