वेस्टमिन्स्टर कलेजमा पब्जी टुर्नामेन्ट हुँदै

मंगलबार, ०८ साउन २०८१, १७ : ४३

 

काठमाडौँ - कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले पब्जी टुर्नामेन्टको आयोजना गर्ने भएको छ । 

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको वेस्टमिन्स्टर कलेजले यही जुलाई २८,२९ र ३० तारिखको दिन कलेज हातामा प्रतियोगिताको आयोजना गर्न लागेको हो । तीन दिनसम्म चल्ने प्रतियोगितामा हालसालै सकिएको कक्षा १२, ए लेभल वा सीबीएसईको परीक्षामा सामेल भएका विद्यार्थीहरू सहभागी हुन सक्नेछन् । प्रवेश शुल्क नराखिएको यस प्रतियोगितामा सहभागी हुनको लागि खेलाडीहरूले व्यक्तिगत तरिकाले फर्म भर्नुपर्ने छ । 

अनलाइन फर्म कलेजको सामाजिक सञ्जालहरूमा उपलब्ध छन् । प्रतियोगिताको पहिलो दिन ओरियन्टेशन र त्यसपछि बिभिन्न चरणका खेलहरू हुनेछ । प्रतियोगिताको गेमिङ पार्टनर टेनेट्स रहेको छ । विजेताहरूले ८० हजार रुपैयाँको प्राइज पुलबाट नगद पुरस्कार प्राप्त गर्नेछन् भने विजेता तथा सहभागीहरूले कलेजमा आकर्षक छात्रवृत्ति समेत प्राप्त गर्नेछन् ।

 

 

 

 

 

मंगलबार, ०८ साउन २०८१, १७ : ४३

प्रतिक्रिया