काठमाडौँ- पोखरास्थित सेलवेज डिपार्टमेन्टल स्टोरले दुई शाखा विस्तार गरेको छ । सेलवेजले पोखरा–१७ विरौटा र पोखरा-५ प्रस्याङमा शाखा विस्तार गरेको हो । दुई शाखा थपिएसँगै पोखरामा सेलवेजका १० शाखा पुगेका छन् ।
सेलवेजले सेल्सबेरी ब्राण्डमा समेत डिपार्टमेन्टल स्टोर सञ्चालन गरिरहेको छ । सेलवेजले सेल्सबेरी गरेर ४० शाखा पुगेको व्यवस्थापक दयाल गिरीले जानकारी दिए । विरौटा, छोरेपाटन र पुम्दीभुम्दीवासीलाई लक्षित गरि विरौटा शाखा खोलिएको उनले बताए । त्यसैगरी प्रस्याङ शाखाबाट त्यस वरपरको क्षेत्रलाई लक्षित गरिएको उनले बताए । दैनिक आवश्यकता पर्ने सामान किन्न सहजरुपमा पाइने उनले बताए ।
सेलवेजले यसअघि पोखराको चिप्लेढुंगा, लेकसाइड, बिरौटा, भद्रकाली, शान्तिनगर, अम्मरसिंह र बगरमा शाखा विस्तार गरिसकेको छ । केही महिना भित्रै पोखराका अन्य क्षेत्रमा पनि शाखा विस्तार गर्ने गिरीले बताए । नयाँ शाखामा ग्राहक आकर्षण गर्न विभिन्न छुट दिएको पनि उनले बताए । अहिले खाद्य सामाग्री, विद्युतीय सामान राखिएको छ । होम डेलीभरीको पनि व्यवस्था भएको उनले बताए । लक्की ड्रमार्फत कार जित्ने अवसर पनि भएको उनले बताए । दुई हजारसम्मको खरिद एउटा कुम्पन पाइने र बम्पर उपहारमा एमजिको इभि कार जित्ने सक्ने उनले बताए । त्यसैगरी प्रथम पुरस्कार स्कुटर, दोस्रो ४० इन्चको टिभी, तेस्रो माइक्रोओभन, चौथोमा पंखा, पाचौँमा राईकुकर, छैटौँमा हटपट उपहार जित्न सकिने उनले बताए । यो उपहार योजना सेलवेज र सेल्सबेरीका सबै शाखामा असार र साउन महिनाभर चल्ने बताए ।
पोखराको चिप्लेढुंगाबाट सन् १९९३ मा सामान्य खाद्य पसलको रुपमा सेलवेजले सेवा दिन थालेको थियो । त्यही व्यवसाय विस्तार हुँदै जाँदा सन् २००४ मा काठमाडौँ प्रवेश गरेको सेलवेजले २०१४ देखि सेल्सबेरीको नाममा शाखा सञ्चालन गरिरहेको छ । विरौटा शाखा पोखरा १७ की वडाध्यक्ष राधिका शाहीले उद्घाटन गरिन् ।
प्रतिक्रिया