खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सम्पन्न

विहीबार, १० साउन २०८१, १६ : ११

काठमाडौँ - नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले आफ्नो करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो संस्करण सफलता पूर्वक सम्पन्न गरेको छ। 

जेष्ठ १ देखि असार ३१ सम्म रहेको यस ६३ दिने अफरमा १० लाख भन्दा बढी प्रयोगकर्ता सहभागी भएको कम्पनीले जनाएको छ ।  यस अफर अन्तरगत ५ विजेताले एगकिबच Pulsar NS 200 FI ABS बाइक, एकले  iPhone १5, ९ जना भन्दा बढिले Honor X7b SmartPhone,१ जनाले Gaming Laptopसाथै हरेक दिन १ विजेताले वासिन्ङ मसिन, स्मार्ट टिभी, स्मार्टफोन, स्मार्ट घडीहरू, एयर बढहरू, माउन्टेन फ्लाइट देखि इन्टरनेट प्याकेज जस्ता सयौँ उपहारहरू जितेका छन् । 

यस जात्रामा भित्रिएको ‘सेयर अ कोड’ मा सहभागीहरूले आफ्नै प्रोमोकोड बनाई आफ्नो सञ्जाल मा सेयर गरे । ५ लाख भन्दा बढी कुपन बनाएर सेयर गर्दै प्रयोगकर्ताहरू स्वयम् खल्ती इन्फ्लुन्सर बनेका थिए भने साथीभाइहरूले सो प्रोमोकोड प्रयोग गरी अफर र क्यासब्याकको लाभ लिन सफल भएका थिए। करोडौँ डिजिटल खुत्रुके फुटाइए भने खल्तीले खुत्रुके मार्फत करोडौँ बराबरका उपहारहरू प्रदान गर्यो। यसका साथै खल्तीबाट गरिने हरेक भुक्तानीमा Scratch Card  उपलब्ध थियो जस मार्फत प्रयोगकर्ताले 1 crore वटा भन्दा बढीको Scratch Card हरू पाएका थिए।

यस अफर अवधिभर विजेता छनोट प्रक्रियालाई पारदर्शी बनाउँदै खल्तीले आफ्नो फेसबुक लाइभ मार्फत पाँच वटा Pulsar बाइकका विजेताहरूमा ब्रह्म देव महतो (राउन्ड १), प्रशना श्रेष्ठ (राउन्ड २), स्वाभिमान जनरल स्टोर्स (राउन्ड ३), सुन्दर कुमार जोशी (राउन्ड ४) र थापा किराना पसल (बोनस राउन्ड) लाई धोषित गरेको छ । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले प्रत्यक्ष  ‍अप्रत्यक्ष रूपमा सहभागी हुने सम्पूर्ण प्रयोगकर्ता साथै साझेदारहरू प्रति आभार व्यक्त गरे । 

 
 

विहीबार, १० साउन २०८१, १६ : ११

प्रतिक्रिया