पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक चीनले जित्यो

शनिबार, १२ साउन २०८१, १५ : ५४

काठमाडौँ - पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक चीनले जितेको छ ।

चीनका १९ वर्षीय शेंग लिहाओ र हुआंग युटिंगले दक्षिण कोरियालाई हराउँदै १० मिटर एयर राइफल मिक्स टिममा पहिलो स्थान हासिल गर्दै पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक जितेका हुन् । त्यस्तै दोस्रो भएको दक्षिण कोरियाले रजत पदक जितेको छ भने तेस्रो भएको काजकिस्तानले काश्य पदक जितेको छ ।

शनिबार, १२ साउन २०८१, १५ : ५४

प्रतिक्रिया