काठमाडौँ - नेपाली पात्रोको चौथो महिना अथार्त् साउन महिनालाई अध्यात्म, शान्ति, र भगवान् शिवको भक्तिको महिनाको रूपमा मनाइन्छ ।
सांस्कृतिक तथा धार्मिक रूपमा निकै महत्त्व बोकेको साउन महिनामा हिन्दु धर्मावलम्बीहरू शाकाहारी भोजन खाने गर्दछन् । यो महिनामा मदिरा तथा माछा– मासुहरू त्यागेर फलफूल, दूधका परिकार, खिर, तथा सागसब्जीहरू खाने गरिन्छ ।
आयुर्वेद शास्त्रको अनुसार, “यो समयमा हाम्रो रोग प्रतिरोधात्मक क्षमता निकै कम हुन्छ । यस समयमा मांसाहारी, मसालेदार वा चिल्लो खानेकुराको सेवन गर्नाले हाम्रो प्रतिरक्षा प्रणाली र पाचन प्रणाली दुवैमा नकारात्मक असर पार्दछ । साउन महिनामा वर्षा धेरै हुने भएकाले घाम त्यति मजाले लाग्दैन जसले गर्दा हामीलाई खाने कुरा पचाउन गाह्रो हुन्छ । त्यसैले नेपालमा साउन महिना शाकाहारी मात्र खाने चलन छ ।”
धार्मिक ग्रन्थ विष्णु पुराणमा पनि साउन महिनामा समुद्र मन्थन भएको मानिन्छ । समुद्र मन्थनमा, चौध प्रकारका माणिहरू देखा परेको थियो, जसमध्ये तेह्र वटा मणिहरु दानवहरूबिच बाँडिएका थिए । त्यसै गरी बाँकी एक, हलाहल (विष) भगवान् शिवले खाएको हुनाले उहाँको घाँटी नीलो रङ्गको भएको भन्ने विश्वास छ । भगवान् शिवलाई त्यसैले ‘नीलकण्ठ’ पनि भनिन्छ । त्यही विषको प्रभाव कम गर्नका लागि भगवान् शिवले आफ्नो शिरमा अर्धचन्द्र धारण गरेको र अन्य भगवान्हरूले उहाँलाई गङ्गा जल चढाएको मान्यता छ।
साउनकोे बारेमा यस्ता मान्यताहरु धेरै छन् । भक्तजनहरूले विशेष गरी सोमबारको दिन व्रत बस्ने गर्दछन् । सबै उमेरका महिलाहरूले भगवान् शिवको सम्मान गर्न उपवास गर्ने, मन्त्र जप्ने, र समुद्र मन्थनका कथाहरू सुनाउँने चलन छ ।यो महिना भर नेपालीहरुले सफा, शुद्ध र साकाहारी खाना रुचाउनी भएकोले धेरै रेस्टुरेन्ट तथा फुड डेलिवरी प्लेटफर्महरुले खानाको प्रबन्ध गरिरहेको हुन्छ । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमान्डुले पनि काठमाडौँ, पोखरा र चितवनका लोकप्रिय रेस्टुरेन्टबाट ग्राहकवर्गले खोजे जस्तै खाना पुर्याउँदछ ।
ग्राहकहरुको धार्मिक मान्यताको सम्मान गर्दै फुडमान्डुले यो साउनमा विभिन्न रेष्टुरेण्ट तथा होटलहरुका शाकाहारी भोजनमा ग्राहकवर्गको पहुँच सुनिश्चित गर्ने भएको छ । फुडमान्डु एपबाट टीपटपको समोसा, अन्नपूर्ण स्विट्सको छोले भटुरे, मोति महल डिलक्सको पनिर बटर मसला र बटर नान र संगम स्विट्सको भेज मःमः जस्ता बिभिन्न रेष्टुरेण्टका खानाहरु सहजै अर्डर गर्न सकिन्छ । यो साउनमा मिठाई होस् या खाना, जुस होस् या फलफुल फुडमान्डुमा ग्राहकहरुलाई मन पर्ने सम्पूर्ण प्रकारका खानाहरु उपलब्ध छ ।
प्रतिक्रिया