भारतमाथि नेपालको शानदार जित

शनिबार, १९ साउन २०८१, १७ : ४१

काठमाडौँ - नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत भारतमाथि शानदार जित हासिल गरेको छ ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिवार सम्पन्न यो खेलमा नेपालले भारतलाई ३(२ को सेटमा पराजित गरेको थियो । नेपाली महिला भलिबल टिमले पहिलो पटक भारतलाई पराजित गरेको हो ।यो जितपछि नेपालले २ अङ्क हासिल गरेको छ भने भारतले एक अङ्क हासिल गरेको छ । यो जित पछि नेपालको २ खेलमा ५ अङ्क भएको छ भने भारतको ३ खेलमा ७ अङ्क भएको छ ।

यसअघि बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई ३-० को सोझो सेटमा पराजित गरेर प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । आजको खेलपछि नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५:१५ बजेदेखि इरानसँग खेल्ने छ । त्यस्तै नेपालले आफ्नो लिग चरणको अन्तिम खेल सोमबार ५: १५ बजेदेखि मालदिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।

 

शनिबार, १९ साउन २०८१, १७ : ४१

प्रतिक्रिया