डिजिटल ठेगाना प्रणाली ‘कता हो’ को नयाँ सेवा सार्वजनिक

सोमबार, २१ साउन २०८१, १४ : ०४

काठमाडौं - दुई दशकदेखि नेपालमा विभिन्न प्रविधिहरूको अनुसन्धान गर्दै आइरहेका अनुसन्धानकर्ता राम लक्ष्मणको टिमले तयार गरेको डिजिटल ठेगाना प्रणाली कता हो मा अब हराएको सामान भेटाउने ट्यागको सेवा सार्वजनिक भएको छ ।

 सो सेवाबाट अब कताहो एपमार्फत निःशुल्क क्युआर कोड ट्याग तयार गरी आफ्ना सामानमा टाँस गर्न सकिन्छ र उक्त सामान हराएमा जो कहिले पनि सामान धनी पत्ता लगाउन सक्नेछन् । यसको प्रयोगले ट्राभल गर्ने व्यक्तिहरूको लागि विश्वभर जुनसुकै स्थानमा पुगे तापनि आफ्ना सामान हराएमा भेट्टाउने व्यक्तिले सोझै सामान धनी पत्ता लगाइ सामान फिर्ता गर्न सक्छन् । आफ्नो पासपोर्ट, पर्स, साँचो, सुटकेस, मोबाइल, ल्यापटप जस्ता सामानहरूमा यो ट्याग टाँस गर्न सकिन्छ ।

त्यस्तै सवारी साधन पार्किङमा राख्दा अन्य सवारी साधनलाई समस्या परेमा तुरुन्तै सवारीधनीलाई जानकारी गराउन समेत यसको प्रयोग गर्न सकिन्छ ।
गत माघमा सुरु भएको यो ठेगाना प्रणाली मार्फत स्वतःस्फूर्त रूपमा देशभरबाट डिजिटल ठेगाना बन्दै आइरहेका छन् भने कतिपय पालिकाहरूले यसै प्रणालीको माध्यमबाट ठेगाना तयार गरी टाँस गर्नको लागि सम्झौता नै गरी यसको प्रयोग गरिरहेका छन् ।

 

 

सोमबार, २१ साउन २०८१, १४ : ०४

प्रतिक्रिया