काठमाडौँ - काभा वुमन्स नेसन्स लिगमा भारतले सोमबार श्रीलङ्का विरुद्ध ३.० को सोझो सेटमा पराजित गरेसँगै सेमिफाइनलमा नेपाल र इरान भिड्ने भएका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भारतले खेल २५-१३, २५-२१, २५-२० ले आफ्नो पक्षमा पर्यो। यो जितसँगै भारतले चार खेलमा १० अङ्क जोड्दै शीर्ष स्थान पक्का गरेको छ। पराजित श्रीलङ्का समान खेलबाट चार अङ्कका साथ चौथो स्थानमा छ। सेमिफाइनलमा पनि यी दुई टोली नै भिड्नेछन्।
प्रतिक्रिया